Customary law and conflict


I found this news published in dainikee online which has raised a serious issue of social harmony raised by customary right. I am unknown about the reliabilty of news but if this is true, it is not good sign the country which is trying for federalism. Forceful or voluntary whatever the nature of migration, reporter has linked it with customary land tenureship law 'Kipat' and Limbuwan movement. I have posted that news for you and I want you to make comment.

रविन भट्टराई/ताप्लेजुङ २२ असार :
जिल्लाको खाम्लुङ गाउ विकास समिति वाट मात्रै यो बर्ष पाच परिवार झापा बसाइ झरेका छन। स्थानिय कर्नाखर भण्डारी, बृहस्पति गौतम लगायतका परिवार बसैं सरेपछि अब उक्त स्थानमा गैह् लिम्वुको परिवार संख्या पा“च मात्रै रहेको छ। कमसल मुल्यमा भएपनि जग्गा बिक्रि भए उनिहरु पनि तराईतिर बसैं सर्ने मनस्थितिमा छन।


लिम्वुवान क्षेत्र भनिएको ताप्लेजुङ,पाचथर,तेह्थुम जिल्ला वाट गैह् लिम्बुहरुको बसैं सर्ने क्रम तिब्र रुपमा बढेको छ। सदरमुकाम क्षेत्रको तुलनामा जिल्लाका ग्रामिण बस्तिहरुमा वसोवास गर्दै आएका गैह् लिम्वुहरु बसैं सर्ने क्रम तिव्र बनेको हो।। केही बर्ष अघि सम्म बहुजातिको बसोवास रहेको लिङतेप,थुकिम्वा, खाम्लुङ गाउ विकास समितिमा अहिले गेह् लिम्वुहरुको संख्या अत्यन्तै न्युन वन्दै गएको छ। सदरमुकाम देखि सात घण्टाको दुरीमा रहेको खाम्लुङ गाविस वाट मात्रै यो बर्ष पाच परिवार बसै हिडेपछि हामि पनि जग्गा बिक्रि भ एउदैं झर्ने मनस्थितिमा छौं स्थानिय वालकुमार न्यौपानेले भने। 'धेरै परिवार थियौ अब बल्ल तल्ल पा“च छ मात्रै छौं हाम्रो संस्कार अनुसार मर्दापर्दा पनि समस्या हु“दो रहेछ' उनले भने। बसैं हिडेका परिवारहरु अधिकांस झापा, मोरङ, सुनसरीमा सरेका छन। कतिपय सदरमुकाम आसपासको क्षेत्र दोखु, फुङलिङमा पनि सरेर बसेका छन।


लिम्वु जातीहरुको बाहुल्यता रहेको र संघिय राजयमा लिम्वुवान राज्यको प्रस्ताव गरिएको यो क्षेत्रमा गैह् लिम्बुहरु बसैं सर्नुमा आफुलाई सुरक्षित महसुस गर्न नसक्नु पहिलो कारण रहेको छ। जातिय हिसावले हाम्रो संख्या पनि कम हुदै गयो, जतिवेला मुलुकमा अप्ठ्यारो परिस्थिति आउछ तव लिम्वुजातिहरुले किपटको कुरा उठाउन थाल्छन। कतिपयले 'यि वाहुनहरु ह्ाम्रो जग्गामा बसेको भन्न थाल्छन, त्यसैले पनि हामि लाई मनोबैज्ञानिक रुपमा असर परेको छ' झापा बसै सरेका डिल्लीराम पौडेलले टेलिफोनमा भने। वाहुन भन्ने र किपटको कुरा गर्नाले पनि आफुहरु त्रसित बनेको अनुभव गैह् लिम्वुको छ। २००७ सालमा बाहुन खेदाउ भन्ने अभियान चलेकोले पनि बाहुन जातिहरुमा त्रासको वातावरण सृजना भएको देखिएको छ। २०४७ सालमा पनि तत्कालिन जनमुक्ति पार्टीका नेता गोरे बहादुर खपाङगी लगायतले यस्तै नारा लगाएको गैह लिम्वुहरु बताउछन। त्यसै वेला देखि सुरु भएको बसैं सर्ने क्रम माओवादी आन्दोलनमा जग्गा बिक्रि गर्न नपाउने भएपछि केहि रोकिएको थियो। तर उक्त क्रम फेरी बढेर गएको छ।


लिंतेपका श्याम नाल्वो बसै सर्नुमा गैह् लिम्वु लाई लिम्वुले पेल्ने वा हेप्ने गरेको नभएको वताउछन। उनले भने सुविधाभोगको लागि लिम्वुहरु पनि धरान जाने क्रम त्यक्तिकै रहेको छ, अरुजातिहरु पनि सुविधाकै खोजिमा बसैं सरेको हुन सक्छन'। बसैं सरेका गैह् लिम्वुहरु भने कतिपय जग्गा बिक्रि नभएर छोडेर पनि हिडेका छन।


बिशेसत लिम्बुवान राज्यको माग गर्दै खुलेका क्षेत्रिय पार्टीका कार्यकर्ताहरुमा जातिय प्रशिक्षण पर्याप्त नहुनुले पनि गैह् लिम्वुहरु बसैं सर्ने क्रम बढेको अनुभव गैह् लिम्वुको छ। लिम्वुवानमा लागेका कतिपय कार्यकर्ताले लिम्वुवान आएपछि यो लिम्वुको मात्रै ठाउ“हो भन्ने बुझेका छन गाउमा त्यसरी नै हिड्ने गरेका छन र गैह् लिम्बुहरु पनि त्यति भन्दैमा तर्सिन्छन त्यसैले बसैं सरेका हुन एक राजनीतिक दलका जिल्ला स्तरिय नेताले भने। तर मञ्च सम्बद्ध संघिय लिम्वुवान राज्य परिषदका केन्द्रिय सदस्य तथा ताप्लेजुङ इञ्चार्ज किर्तिमान मादेन आफ्नो पार्टीको धारणा जातिय बिभेद गर्ने नभएको बताउछन। उनले भने हाम्रो कुनै कार्यकर्ताले कसैलाई जातिय रुपमा थिचोमिचो गरेको भए हामि कडा कारवाहि गर्छौ'। तेस्तो भए हामिलाई गोप्य जानकारी गराएर सहयोग गरिदिनुहोस, हामि कारवाही गछौं' उनले भने । लिम्वुवान भुमि सबैको भएकोले गैह् लिम्वुहरुले त्रसित हुनुपर्ने कुनै आबस्यकता नरहेको पनि मादेनले बताए। संघिय लिम्वुवान राज्य परिषदकै केन्द्रिय सदस्य जंग मुखिया पार्टीमा कसैलाई बिस्थापित गर्ने रणनीति नभएको बताउछन, उनले सुनुवार सेवा समाजको सम्वोधनको क्रममा भने तेस्तो अवस्था भए हामि बिद्रोह गर्छौ,तर तेस्तो अवस्था आउदैन'।


एमालेका जिल्ला कमिटि सदस्य समेत रहेका सिनामका भुपेन्द्र थेवे १० लिम्वुवानका सुव्वाहरुले बैठक बसी क्षेत्री बाहुन खेदाउने भनि निर्ण गर्दा २००७ सालमा आफ्नो बाबुले नमानेको र गैह् लिम्वुहरुको संरक्षण गरेको बताउछन। उनले भने त्यो बेला लिम्वुहरुले दामोदर अधिकारीको घरमा आक्रमण गर्दा मेरो वाजेले वन्दुक सहित प्रतिकार गरेर जातिय युद्ध रोकेका थिए'। कतिपय बाहुनहरुमा त्यसवेलाको त्रासले पनि बसैसर्ने क्रम बढाएको हो, तर अबको परिस्थिति फरक छ जनघनत्व बढेको छ त्यसैले कसैले कसैमाथि थिचोमिचो गर्ने कुरै आउदैन थेबेले भने। गैह् लिम्वुहरुले पनि आक्तिनुपर्ने अवस्था छैन थेवेले भने।

1 comment:

  1. जानकारी राम्रो लग्यो,जातीय हिंग्सा हुने डरले बसाई सरेको सुन्दा दु:ख लग्यो/ मेरो जानकारीमा भए अनुसार लिबुवान राज्य भित्र सबैजात जातीको समान हक अधिकार र समान प्रतिनिधित्व गर्न पाउने अधिकार हुन्छ.../

    ReplyDelete